Everest Bank Ad

तिवारीले चुमे ब्यालेन्टाइन गल्फ

Sunday, January 8th, 2017

काठमाडौं, पुस २४(रंगशाला)

ब्यालेन्टाइन ओपन गल्फ च्याम्पियनसिपको उपाधि सञ्जीव कुमार तिवारीले जितेका छन् । पार ६७ को रोयल नेपाल गल्फ क्लबमा शनिबार साँझ सम्पन्न च्याम्पियनसिपमा तिवारीले ४५ अंक बनाए ।

स्टेबलफोर्ड ३÷४ ह्यान्डी क्याप विधामा खेलाईएको प्रतियोगितामा ४२ अंक जोडेका ध्रुव थापा दोस्रो भए । ग्रोसतर्फको उपाधि दिप बस्नेतले जिते । बस्नेतले ३३ अंक बनाएका थिए । महिलातर्फ आर्सिया बुनु पहिलो भईन् । बुनुले ४१ अंक बनाएकी थिईन् । ३७ अंक बनाएकी प्रतिमा शेर्पा दोस्रो भईन् । सिनियर (६० बर्षमाथि) को पुरस्कार शसि सिंहले जिते । उनले ३२ अंक जोडेका थिए । सुपर सिनियर (७० बर्षमाथि) को पुरस्कार २६ अंक बनाएका कल्याण श्रेष्ठले हात पारे ।

मोस्ट बर्डीको पुृरस्कार प्रतिमा शेर्पाकै नाममा रह्यो । प्रतिमाले तीन वर्डी हानेकी थिईन् । लङ्गेस्ट ड्राइभको उपाधि बसन्तराज गुरुङ र क्लोजेस्ट टु द पिनको पुरस्कार मिथुन राईले जिते ।