NTC Ad

तिब्बती प्रदर्शनका कारण चीन भ्रमण रद्ध

Monday, November 27th, 2017

एजेन्सी, मंसिर ११ गते–  स्वतन्त्र तिब्बतका पक्षधरहरुले लगातार चीनविरुद्धको प्रदर्शनलाई जारी राखेपछि चीनको यु–२० टोलीले विवादास्पद बनेको जर्मनी भ्रमण रद्ध गरेको छ ।
टोकियो ओलम्पिक २०२० को तयारी स्वरुप चीनिया टोलीले सन् २०१८ को मेसम्म जर्मनीमा अभ्यास भ्रमण गर्ने तालिका थियो ।
तर  गत शनिबार मेइन्जमा एक खेल दौरान मैदानमा भएका केही समर्थकले स्वतन्त्र तिब्बतका पक्षमा नाराबाजी गर्दै झण्डा प्रदर्शन गरेपछि बर्लिनमाथि कुटनीतिक टाउको दुखाई बढेको थियो ।

सोही विवादका कारण चीनमा प्रत्यक्ष प्रशारण भइरहेको उक्त खेल दौरान ६ जनाको समूहमा भएका समर्थकले स्वतन्त्र तिब्बतको झण्डा देखाएका थिए ।

त्यस लगत्तै चीनिया खेलाडीले २५औं मिनेटमा मैदान छाडेका थिए । हाल यो विषय दुवै देशका कुटनीतिज्ञलाई समेत टाउको दु्खाईको विषय बनेको छ ।
जर्मनीको फुटबल संघले चीनको यु–२० टोलीले भ्रमण रद्ध गरेको पुष्टी गरेको छ । चीनको टोलीले यो वर्षको अन्त्य सम्ममा जर्मनीमा तीन वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो ।
‘तत्कालका लागि यो भ्रमण रद्ध गरिएको छ ।

हामी यस विययमा छिटो भन्दा छिटो वृहत छफफलमार्फत समाधान निक्लियोस् भन्ने चाहन्छौ,’ जर्मन फुटबल संघका उपाध्यक्ष रोनी जिमरम्यानले भने ।
चीनको फुटबल संघले यस घटना दूर्भाग्यपूर्ण भएको बताएको छ ।
शनिबार चीनिया टोलीले फ्रयाङफर्टमा दोस्रो खेल खेल्ने तालिका थियो । तर मैदानमा पुनःस्वतन्त्र तिब्बतका पक्षधरले विरोध गर्ने सम्भावना भएको भन्दै चीनले भ्रमण रद्ध गरेको हो ।