NTC Ad

टेबल टेनिसमा आयोजक मोर्डन च्याम्पियन

Sunday, November 19th, 2017

काठमाडौं, मंसिर ३ गते– मोर्डन इन्डियन अन्तर स्कुल खेलकुद अन्तर्गत टेबल टेनिस गल्र्स र ब्वाइज दुबैमा आयोजक मोर्डन इन्डियन स्कुल च्याम्पियन भएको छ ।

चोभारमा भएको फाइनलमा आइतबार मोर्डनले गल्र्स र ब्वाइज दुबैमा त्रियोग स्कुललाई हराएको थियो । ब्वाइजमा मोर्डन इन्डियन टिमले त्रियोग स्कुललाई ३–० को सेट र गल्र्समा मोर्डनले त्रियोगलाई ३–२ को सेटमा हरायो । यसैगरी बास्केटबल प्रतियोगिताको फाइनलमा
ह्वाइटहाउसले मोर्डनलाई ३५–२९ ले हरायो ।

ह्वाइटहाउसको जितमा निलोए महर्जनले ११ स्कोर गरे । प्रतियोगितामा मोर्डनका कबि गुरुङ मोस्ट भ्यालुएबल प्लेयर र ह्वाइटहाउसका निलोए सर्वाधिक स्कोरकर्ताको रुपमा पुरस्कृत भए ।
यसैगरी फुटबलमा आइडिएल मोडल स्कुलले डिएभी स्कुललाई ३–० ले हराउँदै च्याम्पियन भएको छ । आइडिएलको जितमा अनुज ब्यञ्जनकारले २ र सुनिल महर्जनले १ गोल गरे ।
प्रतियोगितामा आइडिएलका सुमित महर्जन उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । यसैगरी  डिएभीका अमन चौधरी उत्कृष्ट गोलकिपर, आइडिएल मोडलका अनुज व्यञ्जनकार सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए ।
मोर्डन इन्डियन स्कुलले आयोजना गरेको प्रतियोगितामा १० विद्यालयका २ सय ५० खेलाडीको सहभागिता रहेको मोर्डनका खेल प्रशिक्षक नरेश रावलले बताए । प्रतियोगिताका विजयी खेलाडीलाई मोर्डन स्कुलका प्रिन्सिपल राजु पिटर, माया राणा, ज्योती खड्काले पुरस्कृत गरिन ।