Everest Bank Ad

जेष्ठ ब्याडमिन्टन बुधवारबाट

Monday, September 17th, 2018

रंगशाला सम्वाददाता

काठमाडौं, असोज १

योनेक्स सनराइज जेष्ठ खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण यहि असोज ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ।

आयोजक जेष्ठ एकेडेमीले सोमबार आयोजना गरेको जानकारी अनुसार राष्ट्रिय खेलाडीहरुको उलेख्य सहभागिता रहने प्रतियोगितामा ९ वटा इभेन्ट्स समावेश गरिएको छ। जसमा कुल २ सय १९ खेलाडीको सहभागिता रहनेछ ।

badmintonn

प्रतियोगिताका संयोजक समेत रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले प्रतियोगितामा कुल कुल नगद पुरस्कार राशी ३ लाख ८० हजार रुपैयाँ प्रदान गरिने बताए।

पुरुष एकलका विजेताले ३० हजार तथा महिला एकल विजेताले २५ हजार नगद प्राप्त गर्नेछन्।

यसअघिका प्रतियोगिताको दुवै संस्करणमा पुरुष एकलमा रत्नजित तामाङ र महिला एकलको विजेता नङसलदेवी तामाङले जितेका हुन्।

बसुन्धारामा स्थित आयोजक एकेडेमीको कोर्टमा सबै खेलहरु हुनेछन्।