Everest Bank Ad

जेष्ठ ब्याडमिन्टनमा नयाँ च्याम्पियन

Monday, September 24th, 2018

रंगशाला

काठमाडौं, असोज ८

जेष्ठ राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करणमा पुरुष र महिला एकल दुवैमा नयाँ च्याम्पियन जन्मिएका छन्।

पुरुष एकलमा दिपेश धामी र महिला एकलमा रसिला महर्जन च्याम्पियन बनेका हुन्। दिपेशले यसअघिको दुवै संस्करणका विजेता रत्नजित तामाङलाई पराजित गरे भने महिला एकल पुर्व च्याम्पियन नङसलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाएकी थिइनन्।

नेपाल एपीएफ क्लबका दिपेश धामीले रत्नजितलाई २ – १ को सेटमा हराएका हुन्।  dipeshबसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दिपेशले पहिलोसेटमा २१-१३ को सहज जित निकाल्दै दावेदारी पेश गरेको थियो ।

दोस्रो सेटमा खेलमा फर्किएको रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्याएका थिए । तर, निर्णायक सेटमा अग्रता लिएर पनि रत्नले खेल १८–२१ ले गुमाउन पुग्यो ।

निर्णायकसेटमा पछ परेको अवस्थामा दिपेशले उच्च प्रदर्शन गर्दा रत्नले लगातार गल्ती गरिरहेका थिए।

उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गरे ।  रत्नजितले १५ हजार प्राप्त गरे ।

सेमिफाइनलमा पराजित भएका प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए ।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् ।

रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालिन् ।

आइतबारै रसिला यु–१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन् । यु–१५ गर्ल्सको फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् ।

महिला एकलतर्फ च्यामिपयन बनेको रसिलाले २५ हजाररुपैया प्राप्त गरे ।3 (1) दोस्रो भएको जेसिकाले १२ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गरे ।

यु–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि २१–१द्द र २१–१द्द को सहज जित निकाले । यु–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान६ हजार पाउनेछ ।

पुरुष डबल्र्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते ।

विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए । दोस्रो भएको रत्नजित  नवीनको जोडीले १२ हजारप्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए ।

मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्र्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।

पुरुष डबल्स् टप२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए ।badminton11

मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भुमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भुमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भुमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे ।

यी दुई जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियनबनेको थियो । मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे ।

विजयी खेलाडीहलाई पूर्व सांसद बहादुर सिंह लामा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले पुरस्कृत गरे । गत बुधबारदेखि भएको प्रतियोगितामा ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका थिए ।