Everest Bank Ad

जेभियर कपको उपाधि पुष्पसदन र साइपाललाई

Friday, September 1st, 2017

काठमाडौं, भदौ १६ गते
पाँचौ जेभियर कप यू–१९ बास्केटबल प्रतियोगितामा पुष्पसदन र साइपालले उपाधि जितेका छन् । शुक्रवार भएको पुरुषतर्फको फाईनल खेलमा पुष्पसदनले सीसीआरसीमाथी ६१–४६ को जित निकाल्यो । पहिलो क्वाटर १०–१८ ले पछि परेको पुष्पसदनले दोश्रो क्वाटरमा भरपाई गदै १८–८ को अग्रता लियो ।

w1

मध्यान्तरमा २ अंकको अग्रता लिएको पुष्पसदनले तेश्रो क्वाटरमा १५–१४ ले नियन्त्रणमा राख्दै ३ अंकको अग्रता बनायो । निर्णयक क्वाटरमा पुष्पसदनले झन उत्कृष्ट प्रदर्शन गदै १८–६ को अग्रतासगै समग्रमा १५ स्कोरको अन्तरमा उपाधि जित्यो । पुष्पसदनको जितमा महत्वपूर्ण भूमिका निभाएका शसि पराजुलीले सर्वाधिक १५ स्कोर गरे ।
कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजको कोर्टमा सञ्चालन हुने यू–१९ महिलातर्फको फाइनल खेलमा साइपालले आयोजक जेभियर कलेजमाथी ३२–२९ को रोमाञ्चक जित निकाल्यो ।

पहिलो क्वाटर ४–१० ले पछि परेको साइपाल दोश्रो क्वाटर १२–८ ले नियन्त्रणमा लियो । तेश्रो र चौथो क्वाटरमा पनि साइपालले आयोजक जिभियरलाई ६–२ र १०–९ ले रोके पछि समग्रमा ३ अंकको झिनो अन्तरले उपाधिमाथी कब्जा जमायो । निर्णायक क्वाटरमा आयोजककी सुष्मा गौतम ५ फाउल खेले पछि कोर्टबाट बाहिरिएकी थिईन् ।

w0

साइपालको जितमा रोशनी श्रेष्ठले महत्वपूर्ण १४ स्कोर गरिन् । प्रतियोगिताको यू–१९ पुरुषतर्फको उत्कृष्ट खेलाडीमा पुष्पसदनका दिपेश्वर शाह चुनिए । यू–१९ महिलातर्फ साइपालकी छिरिङ छोकी शेर्पाले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । दुवै उत्कृष्ट खेलाडीलाई डिए फेसनलोजीका प्रोपाईटर एवंम् राष्ट्रिय बास्केटबल खेलाडी बिनोद महर्जनले गिफ्ट हेम्पर उपहार दिएका थिए । बिजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट,आयोजक क्याम्पसका कार्यकारी प्रमुख लोकवहादुर भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।
भदौ ५ गते देखि संञ्चालन भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषमा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ महिलातर्फ आयोजक जेभियर कलेज, गोल्डेन गेट, सीसीआरसी, प्राइम र साइपालले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
फोटो–०–उत्कृष्ट खेलाडी ।
फोटो–१ र २– बिजेता टिमहरुका साथ प्रमुख अतिथि केशवकुमार बिष्ट ।