Everest Bank Ad

जित कुण्डो सेमिनार सुरु

Sunday, October 7th, 2018

2रंगशाला
काठमाडौं, असोज २०
नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जित कुण्डो सेमिनार शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ।

सेमिनारमा नेपाल, श्रीलंका, भारत, इटाली र स्पेनका करिब २ सय प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक जित कुण्डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन्।

सेमिनारको उप्र प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए । दुईदिने सेमिनारका सहभागीलाई स्पेनका सिफु जोक्विन मार्सेलो र सहायक प्रशिक्षक चोनोले प्रशिक्षण दिइरहेका छन्।