NTC Ad

जर्ज प्रिन्स पहिलो रोजाईमा, भरतले ताजकिस्तान विरुद्ध कप्तानको जिम्मेवारी सम्हाल्दैं

Tuesday, October 10th, 2017

काठमाडौं असोज २४ गते–
एएफसी एसिया कप छनोट फुटबल अन्तर्गत मंगलबार ताजकिस्तान विरुद्धको खेलमा जर्जप्रिन्स कार्कीलाई नेपाली टोलीका प्रशिक्षक ग्याटुको कोजीले पहिलो रोजाइमा राखेका छन । त्यस्तै कप्तान बिराज महर्जनको स्थानमा भरत खवासलाई कप्तानीको जिम्मेवारी दिएका छन ।21361180_1849064108454529_2077963266_n
नेपालले आज बेलुका ताजकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यसैगरी विमल घर्ती मगर पनि पहिलो रोजाईमा छन् भने नवयुग श्रेष्ठ पहिलो रोजाईमा अटाएनन्। नेपाल र ताजिकिस्तान बीचको खेल हिसोर सेन्ट्रल स्टेडियममा नेपाल समयअनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ।
ताजिकिस्तान विरुद्धको खेलमा गोलकिपर किरङ चेम्जोङ, रक्षकमा अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ मिडफिल्डरमा विशाल राई, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, अन्जन विष्ट र स्ट्राइकरमा विमल घर्ती मगर, जर्ज प्रिन्सले पहिलो रोजाइमा स्थान बनाएका छन ।

जारी छनोट प्रतियोगिताको समुह एफ रहेको नेपालले हाल सम्म तिन खेलबाट १ अंकमात्र जोडेको छ । आज ताजकिस्तान विरुद्ध हुने खेलले नेपालको एसिया कप खेल्ने सम्भावनालाई थप स्पष्ट पार्नेछ ।