NTC Ad

च्याम्पियन युवा टोली नेपाल आइपुग्यो

Tuesday, September 19th, 2017

मलेसिया, असोज ३ गते
एसीसी यु १९ पुर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेको नेपाली युवा टोली सोमबार राती १ बजे नेपाल आइपुगेको छ । नेपाली युवा टोली खराब मौसमका कारण निर्धारित समयमा क्वाल्लामपुर विमान स्थलबाट उडन सकेको थिएन ।
खराब मौसमका कारण हिमालयन एयरलायन्सको विमानमा नेपाल फर्कन लागेको टोली करिब ४ घण्टा एयरपोर्टमा रोकिएको थियो । मलेसियाको खराब मौसमका कारण काठमाडौंबाट उडेको हिमालयन एयर लायन्सको एच ९८९१ नम्बरको उडान क्वाललामपुरमा अवतरण गर्न नसकेर अन्य शहरमा गएर अवतरण गरेको छ ।

आइतबार भएको फाइनल खेलमा नेपालले लाई हङकङलाई ५ विकेटले हराउँदै एसीसी यु १९ पुर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेको थियो ।
च्याम्पियन बनेसँगै नेपालले नोभेम्बरमा हुने यु १९ एसिया कप क्रिकेटमा छनोट भएर फकिएको हो ।