Everest Bank Ad

घरेलु टोली लिटिल फ्लावरलाई उपाधि

Tuesday, November 20th, 2018

winner teamरंगशाला
धनगढी, मंसिर ४

निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संसकरणको उपाधिमाथि घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमाएको छ ।
मंगलवार भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढी स्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल बनायो।
लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र शुसिल खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिए ।
१४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको पारी खेले । उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४÷१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले २ विकेट लिए ।
लिटिल फ्लावरका कप्तान विपिन रावलले टीमको उत्कृष्ट प्रदर्शनले उपाधि जितेको बताए । लिटिल बुद्धका कप्तान शुसिल खड्काले राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको बताए ।
कार्तिक २७ गतेदेखि धनगढीमा सुरु भएको प्रतियोगिता प्लेयर अफ द सिरिज नेपाली अन्डर १९ टोलीका सदस्य शेर मल्ल, बेष्ट ब्याट्सम्यान सिद्धार्थ शिसु सदनका खड्क बोहोरा, बेष्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका विशाल भट्ट भए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५÷५ हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका निर्देशक डाक्टर माधव वराल लगायतले पुरस्कार वितरण गरे ।