Everest Bank Ad

ग्रीनल्याण्ड र गोल्डेनपीक क्वाटर फाईनलमा

Sunday, August 13th, 2017

काठमाडौं, साउन २९ गते–
आयोजक ग्रीनल्याण्ड र गोल्डेनपीक स्कुल १२ औं क्वीक्स ग्रीनल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

आईतवार भएको सिनियर ब्वाईजको खेलमा ग्रीनल्याण्डले सामाखुसी बोडिङ स्कुल(सेब)लाई ५७–४१ स्कोरको अन्तरले हरायो । ग्रीनल्याण्डलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाएका दिलिप पुनमगरले एक्लैले ३१ स्कोर गरे । सिनियर ब्वाईजकै अर्को खेलमा गोल्डेनपीकले ज्ञान सिन्धुलाई ४८–३६ ले हरायो ।

सिनियर क्वाईज तर्फ प्रतिस्पर्धा गर्दै सेब (पहेलो) र आयोजक ग्रीनल्याण्डका खेलाडी । तस्बिरः रंगशालाडटकम

सिनियर क्वाईज तर्फ प्रतिस्पर्धा गर्दै सेब (पहेलो) र आयोजक ग्रीनल्याण्डका खेलाडी । तस्बिरः रंगशालाडटकम

गोल्डेनपीकको जितमा गोपाल भण्डारीले सर्वाधिक २० स्कोर गरेका थिए । दुवै टिमले समूह घ बाट समान दुई–दुई खेल जितेर एक खेल अगावै  क्वाटर–फाईनलमा स्थान बनाएका छन् । मंगलवार यी दुई बीचको लिग चरणको  अन्तिम खेलबाट समूह बिजेता र उपबिजेताको छिनो–फानो हुनेछ । सिनियर ब्वाईजमै समूह क बाट एचएचसीए र समूह “ख” बाट लक्ष्मीपुरले दुई खेलमा सफलता हात पादै एक खेल अगावै क्वाटर–फाईनलमा स्थान बनाएका छन् ।

एचएचसीएले अभियान पब्लिकलाई ४५–३५ ले हराउदा टोखाको लक्ष्मीपुर स्कुलले शंखमूलको इनोभेटिभ स्कुललाई ३१–२४ ले स्तब्ध बनायो ।
धापासीस्थित आयोजक ग्रीनल्याण्ड स्कुलको कोर्टमा भएको जुनियर ब्वाईजको खेलबाट सफलता हात पादै सेब,ग्रीनल्याण्ड,एनइए,लालीगुरास,मञ्जुगोक्ष,माउण्टग्लोरी,इडनब्रिज,मनास्लु र ओडिसी नकाउट चरणमा प्रवेश गरेका छन् । जुनियर ब्वाईजको खेलमा बिएनएले पोलिफिकलाई १६–१४ ले हराउदा मञ्जुगोक्षले एचएचसीएलाई ३०–१४ ले स्तब्ध बनायो । ओडिसीले कान्तिपुरलाई १०–६ को स्कोरमा रोक्यो ।