Everest Bank Ad

गिताञ्जली समूह विजेता

Tuesday, September 18th, 2018

रंगशाला सम्वाददाता

काठमाडौं, असोज १

गिताञ्जली कलेज समूह विजेता बन्दै पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाउँदै समूह एको विजेता बनेको हो । गिताञ्जलीले ढोरपाटन एलाई २६–२४, २६–२४ र २५–१८ को सोझो सेटमा हरायो ।

सोमबार नै भएका अन्य खेलमा प्रदेश ४, ग्लासियर र बुढानीलकण्ठले सफलता हात पारे । दोहोरो जित निकालेको प्रदेश ४ ले क्वार्टरफाइनलमा स्थान बलियो बनाउँदा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले पराजित ग¥यो ।

volleyballअर्को खेलमा चितवन टाइगर्सलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा हरायो । यस्तै बुढानीलकण्ठले नेपाल छन्त्याल संघलाई २५–१८, २५–२३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो। ग्लासियरले सूर्योदय कलेजलाई २५–१२, २५–१८ र २५–१४ ले हरायो।

यति ब्रुअरी प्रालिको उत्पादन एम–१५०  इनर्जिड्रिकको मुख्य प्रायोजनमा संचालित पाँचौ ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन् ।

असोज ६ गतेसम्म हुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुने टोलीले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।