Everest Bank Ad

गाउँमा खेलकुदले दिएको खुसी

Tuesday, February 27th, 2018

नेपालगन्ज, फागुन १५ गते
नेपाली खेलकुदमा धेरै प्रतियोगिता सदरमुकाम केन्द्रित छन । नेपालगन्जमा राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्नु पर्दा भौतिक पुर्वाधारलाई आधार मानेर शहरमा हुने गर्दछन ।

राष्ट्रिय स्तरका प्रतियोगितामा जनसहभागिता र दर्शकको सहभागिता ज्यादै कम हुन्छ । प्रतियोगिता हुन्छन तर त्यसले आम मानिसमा प्रभाव पार्न सकेको हुदैन । खेलले आम दर्शकलाई आर्कषित गर्न सकेको हुदैन । फुटबल, क्रिकेट, भलिबल बाहेक अन्य खेलको अन्तराष्ट्रिय प्रतियोगिता हुदा समेत रंगशाला वरपरीका जनता बेखबर हुन्छन । तर बाँकेको ग्रामिण इलाका खजुरा के गाउँले भने खेलकुदमा नयाँ सन्देश दिएको छ, ग्रामिण इलाकामा खेलकुदको उत्सवको सुरुआत गरेर ।
बुधबार देखी शुक्रमावि के गाउँमा सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्सले ग्रामिण खेल उत्सवको झल्को दिने गरि प्रतियोगिताको सुरुआत गरेको छ । एथलेटिक्सले गाउपालिकाका बासीमा उत्साहको संचार गराइदिएको छ । नेपालगन्ज देखी ७ किलोमिटर टाढा भए पनि शुक्रमाविमा अहिले सम्म राष्ट्रिय स्तरको प्रतियोगिता भएका थिएनन ।20171229_173804
खेल रौनकताले गाउँबासिमा युवाहरुलाई खेलको माध्यमबाट सकारात्मक बाटोमा लग्न सक्ने हौसला जागेको छ । खजुरा गाउँपालिका वीरपुर निवासी चन्द्र बहादुर राना प्रतियोगिताले बिकृतीमा लागेको युवालाई सहि बाटोमा ल्याउन सहयोग गर्ने बताउँछन । राना पुर्व फुटबल खेलाडी हुन । उनले आफनो विद्यार्थीजीवनमा फुटबल खेलेको थिए । तर आफनो पुस्ता पछि गाउँमा खेलमा लाग्ने युवा र प्रतियोगिता नहुँदा चन्द्र निराश हुने गरेका थिए । राना भन्छन, ‘हाम्रो पालामा खेल्न किन जाने, खेल्न जानु राम्रो होइन भन्ने नकारात्मक धारणा थियो ।

त्यसले युवाहरु खुलेर खेलमा लाग्न सक्थेनन । तर अहिले जति विकास भएपनि युवाहरु खेल भन्दा अन्य विकृतीमा लाग्ने गरेका छन । यसलाई रोक्न खेलले खेल उपयुक्त माध्यम हो ।’
एथलेटिक्स प्रतियोगिता भैरहेको के गाउँ भन्दा करिब ५ किलो मिटर टाढा रहेको तत्कालिन सीतापुर गाविसले यस क्षेत्रमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल गरेको थियो । नेपालगन्ज देखी पश्चिम क्षेत्रमा रहेको खजुरा गाउँपालिकामा भलिबल पछि ६ वर्ष पछि दोस्रो ठुलो प्रतियोगिता सी गाउँले गरेको हो ।

प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन स्थानीय स्तरका क्लबले परम्परागत संस्कृती झल्कने कुरकुटी, पच्चे बाचा, लोकनृत्यले अतिथीलाई दशकलाई मोहित बनाएका थिए । यसैगरी स्थानीय एक दर्जन विद्यालयका विद्यार्थीले खेल संस्कारलाई बढावा दिन ‘स्वास्थ्यका लागी खेलकुद’,‘आवश्यक सबै क्षमता तिभी भित्रै छ, तिमी गर मात्र’, ‘से नो टु ड्रग्स’, ‘अनुशासन विना प्रतिभा केहि होइन’, जस्ता सन्देश मुलुक कार्ट बोकेर मार्च पास गरेका थिए ।
तिन दिन सम्म चलेको प्रतियोगितामा पाँच विकास क्षेत्रका ९० खेलाडीले ११ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।