Everest Bank Ad

गाउँगाउँबाट खेल प्रतिभा छनोट गरिदै

Saturday, February 3rd, 2018

नेपालगन्ज, माघ २० – नेपालगन्ज रंगशालामा सानै उमेरबाट खेलाडीको ब्यक्तिगत क्षमताको परिक्षण गरिएको छ । सानै उमेरका बालबालिको क्षमतालाई अध्ययन गरेर खेलमा आर्कषित गर्ने लक्ष्य सहित गरिएको कार्यक्रममा बाँकेका १ सय ६० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन । कार्यक्रम दुइ दिन सम्म रंगशालामा चलेको थियो ।
सानै उमेरमा खेल प्रतिभाको छनोट गर्ने लक्ष्य सहित बाँकेका विद्यालयमा खेलाडी छनोट सुरु गरिएको बाँके जिल्ला खेलकुद विकास समितीले बताएको छ । 27591452_1730177420353755_1881949376_n
नेपालगन्ज रंगशालामा बाँकेका विद्यालयमा पढिरहेका १० देखी १२ वर्ष सम्मका विद्यार्थीको क्षमताको परिक्षण गरियो ।
भलिबल, एथलेटिक्स र कबडडी प्रशिक्षकले शुक्रबार र शनिबार ९ विद्यालयका १ सय ६० विद्यार्थीको ब्यक्तिगत क्षमताको परिक्षण गरेका थिए ।
नेपलागन्ज रंगशालामा भलिबल प्रशिक्षक लाल बहादुर मल्ल, एथलेटिक्सका चन्द्र बहादुर गुरुङ र कबडडीका लोक बहादुर विष्टले खेलाडीको विविध पक्षको बारेमा अध्ययन गरेका थिए । खेलाडीको उचाई, तौल, गति, लचकता लगायतको आधारमा खेलाडी छनोट गरिरहेको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका बिक्रम शाहले बताए ।27718041_1730177387020425_613158360_n

उनले भने, ‘खेलाडीलाई सानै उमेर देखी उनीहरुको बारेमा अध्ययन गरियो भने पछि राम्रो गर्न सक्छन । उनीहरु कस्तो खेलका लागी उपयुक्त छन । रुची कस्तो छ । उनीहरुको बलियो पक्ष के छ । यसलाई हेरेर हामीले देशभरबाट खेलाडी छनोट गरेर विशेष प्रशिक्षणमा राख्ने योजनाका साथ अगाडी बढेको छौं ।’ अर्को वर्ष देखी अन्य खेल थपेर कार्यक्रम गर्ने तयारी भैरहेको शाले नागरिकलाई बताए ।
नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले पाँच विकास क्षेत्रको एक जिल्लामा खेलाडी छनोटका लागी (टिआइडी एक्स टी) कार्यक्रम गरिरहेको छ । जसअन्तर्गत मध्यपश्चिमको बाँके, मध्यमाञ्चलको ललितपुर, पुर्वाञ्चलको सुनसरी, सुदुरपश्चिमको महेन्द्रनगर र पश्चिमाञ्चलको पोखरामा खेलाडी छनोट भैरहेको छ ।

शाहका अनुसार बाँकेबाट कबडडीमा समान ७ छात्र छात्र, भलिबलमा ६ र एथलेटिक्समा ४ गरी ३४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिनेछ । असारमा विशेष क्याप राख्ने तयारी भैरहेको शाहले बताए ।
प्रतिष्ठानले यसअघि दुइ वर्ष अघि पनि टिआइडी एक्स टी कार्यक्रम गरेको थियो । कार्यक्रमले राष्ट्रपति रनिङ शिल्डमा खेलिने खेललाई मध्यनजर गरेर खेलाडीको ब्यक्तिगत प्रतिभा पहिचान गरिरहेको बाँके जिल्ला खेलकुद विकास समिती प्रमुख विरोध बिक्रम जिसीले बताए ।