Everest Bank Ad

गल्फमा जयरामको छलाङ

Wednesday, January 11th, 2017

रंगशाला सवाददाता
काठमाडौं, पुस २७
जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ च्यालेन्जको दोस्रो दिन शिर्ष स्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा जयरामले बुधबार पाँच अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो दिन दुई अन्डर ६६ खेलेका जयरामले ३६ होलको समाप्तिसँगै सात अन्डर एक सय २९ स्कोर बनाए । बुधबार उनले पहिलो नौ होलमा एक अन्डर ३३ र पछिल्लो नौ होलमा चार अन्डर ३० खेले । दोस्रो दिन पाँचअन्डर ६३ नै खेलेमा सञ्जय लामा दोस्रो स्थानमा उक्लिएका छन् । सञ्जयको ६ अन्डर एक सय ३० स्कोर छ ।jayaram

कूल दुई अन्डर एक सय ३४ स्कोर बनाएका शिवराम श्रेष्ठ भुवन नगरकोटीसँगै तेस्रो स्थानमा छन् । पहिलो दिन शिर्ष स्थान बनाएका भुवनले बुधबार एक ओभर ६९ खेलेका थिए । पहिलो दिन भुवनसँगै शिर्ष स्थानमा रहेका धनबहादुर थापा कूल एक ओभर एक सय ३७ स्कोरका साथ चौथो थानमा झरेका छन् । पहिलो दिन तीन अन्डर खेलेका धनले दोस्रो दिन चार ओभर ७२ मा चित्त बुझाए । यसैगरी कूल दुई ओभर एक सय ३८ खेलेका रामे मगर पाँचौं स्थामना छन् ।

चार ओभर एक सय ४० खेलेका रामकृष्ण श्रेष्ठ, रवि खड्का र विकाश अधिकारी संयूक्त छैटौं स्थानमा छन् । प्रो तर्फ १७ ओभर एक सय ५३ स्कोर खेलेका २१ खेलाडी र एमेच्योरतर्फ ६ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् ।

यसैगरी एमेच्योरतर्फ तीन ओभर एक सय ४१ खेलेका मिथुन राई शिर्ष स्थानमा छन् । एक सय ४४ को समान स्कोर बनाएका शिव कुमार माझी र सन्तोष रोका दोस्रो स्थानमा छन् । कुल चार लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४६ हजार र तेस्रो हुनेले ३१ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् ।