NTC Ad

खराब मौसमले यु १९ क्रिकेट टोली मलेसियामै

Monday, September 18th, 2017

मलेसिया, असोज २ गते
एसीसी यु १९ पुर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेर फर्कदै गरैको नेपाली युवा टोली अहिले क्वाल्लामपुर विमान स्थलमै रोकिएको छ । खराब मौसमका कारण हिमालयन एयरलायन्सको विमानमा नेपाल फर्कन लागेको टोली अहिले विमान स्थलमै छ । मलेसियाको समय अनुसार नेपाली टोली ४ बजेर ३० बजे नेपाल तर्फ जाने योजना थियो ।
तर यहाँको खराब मौसमका कारण काठमाडौंबाट उडेको हिमालयन एयर लायन्सको एच ९ ०८९१ नम्बरको उडान क्वाल्लामपुरमा अवतरण गर्न नसकेर अन्य शहरमा गएर अवतरण गरेको छ ।
नेपाली टोली आउन लागेको विमान निर्धारित समय भन्दा करिब ३ घण्टा ढिला भैसकेको छ । नेपालले लाई हङकङलाई ५ विकेटले हराउँदै एसीसी यु १९ पुर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेको थियो ।
च्याम्पियन बनेसँगै नेपालले नोभेम्बरमा हुने यु १९ एसिया कप क्रिकेटमा छनोट भएर फर्कदै छ । नेपाली टोली अहिले विमान स्थलमै रोकिएको छ ।विमानको प्रतिक्षामा खेलाडीहरु कुरिरहेको छन । यु १९ क्रिकेट टोली काठमार्डौ आउन निर्धारित समय भन्दा ३ घण्टा ढिला भैसकेको छ  ।  क्रिकेट टोली अब केहि बेरमा उडने नयाँ जानकारी हिमालयन एयरलायन्स प्रतिनिधीले दिएका छन ।