Everest Bank Ad

क्षितिजलाई सिएम उपाधि

Monday, September 12th, 2016

काठमाडौं, भदौ २७
अजरबैजानमा भईरहेको ४२ अौ  चेस अोलम्पियादमा नवौं चरणको खेलमा  नेपालको १२७ अौ स्थानमा रहेको पुरुष टिमले ११५ अौ स्थानमा रहेका जमैकालाई निकै नै प्रतिस्पर्धात्मक खेलमा २.५-१.५ले पराजित गरेका छन्।नेपाल पाकिस्तान ,श्रीलंका , दक्षिणी कोरिया लगायत ३४ वटा राष्ट्र रहेको डी समुहमा ९ अंक सहित दोस्रो स्थानमा रहेकोछ ।

दशौं चरणको खेलमा नेपालले चाईनिज ताईपेइलाई पराजित गरेमा   नेपालले पदक हात पार्ने निश्चित छ। महिला टिमले पाकिस्तानसंग २-२ ले  बराबरी खेलेका छन्। पुरुष टिम समूह डी मा  ५अंक रहेकोछ।

विलमलाल श्रेष्ठ र क्षितिज भण्डारीको जितसंगै नेपालले ४२ औ चेस ओलम्पियाडमा महत्वपूर्ण २ अंक हात पारेको छ ।  पहिलो बोर्डमा २०९९ केशब श्रेष्ठले  २२३८ रेटेड इलीयोट वारेन संग बराबरी गरे ।  २०३४ रेटेड सजिन मर्हजन २११७ रेटेड डेमन डेभवर्टसंग पराजित भए ।  आठौ चरणको खेलमा अाई एमलाई पराजित  गरेका २०१३ रेटेड क्षितिजले तेस्रो  बोर्डमा खेलेर २१६१ रेटेड र्मोर्ने मलाकु लाई हराए । क्षितिजले  यो जितसंगै क्यान्डिडेट मास्टरको उपाधि हात पार्न सफल भए। चौथो बोर्डमा २०१७ रेटेड विलमले  २०७४ रेटेड विल्सन ब्रन्डनलाई हराए । विलमको यो ८ खेलमा छैटौ जित हो  र उनको ब्यक्तिगत अंक सात पुर्याए। नेपालले १० औ चरणमा चाइनीज ताइपेइसंग सामना गर्ने छ ।
महिला स्पर्धामा भने नेपाली टोली र पाकिस्तानको बराबरी भयो । नेपालका सिन्दिरा जोशी र सुजना लोहनीले जित हात पारे । अस्मिता अधीकारी र शान्ता थापा पराजित भए । सुजनाको सात खेलमा यो पाचौ जित हो । उनी दुई खेल बाँकी हुंदा नेपालको पहिलो डब्लुएफको उपाधि बाट एक अंक टाढा रहेकी छिन् ।महिला टिमले लेसेथोसंग खेल्नेछ।