NTC Ad

क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगञ्ज स्पोर्टस अनर’ सम्मान

Friday, December 1st, 2017

काठमाडौं, मंसिर १५ गते–
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्रीलाई शुक्रबार नेपालगन्ज स्पोर्टस अनरबाट सम्मानित गरिएको छ । नेपालगन्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपुर्ण योगदान पु¥याइरहेको भन्दै क्रियटिभ ह्यान्डसले सम्मान गरेको हो ।

मध्य तथा सुदुर पश्चिम क्षेत्रबाट खेल करियर सुरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपुर्ण सफलता हासिल गरेका खेलाडीलाई क्रियटिभ ह्यान्डसले अवार्ड प्रदान गर्दै आएको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, सशस्त्र प्रहरी बलका पुर्व महानिरिक्षक शैलेन्द्र श्रेष्ठ,  नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, मञ्चका निर्वतमान अध्यक्ष अजय फुयाल, नेपाली सेनाका महासेनानी तथा पुर्व राष्ट्रिय भलिबल खेलाडी मीनध्वज खड्का, क्रियटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिती कोषाध्यक्ष मेनुका पछाई लगायतले सम्मान गरे ।2

महेशलाई सुजुकीको स्कुटर सहित अवार्ड प्रदान गरिएको थियो ।
नेपालगन्जबाट क्रिकेट करियरको सुरुआत गरेका महेशले बाँके, मध्यपश्चिमको कप्तानको रुपमा घरेलु प्रतियोगितामा खेलेको छन । राष्ट्रिय क्रिकेटर महेश अहिले नेपाली सेनाको क्रिकेट टिमका कप्तान हुन । उनले अमेरिका र लन्डनबाट ब्यावसायिक क्लब क्रिकेट खेलिसकेका छन । नेपालगन्ज स्पोर्टस अनरबाट सम्मानित हुने महेश दोस्रो खेलाडी हुन ।
क्रियटिभ ह्यान्डसले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापालाई स्कुटरबाट सम्मान गरेको थियो । उमेर समुह हुदै सिनियर क्रिकेट टिमबाट नेपाली क्रिकेटको विकासमा योगदान गरेकोले नेपालगन्ज निवासी महेशलाई सम्मान गरेको क्रियटिभ ह्यान्डसका अध्यक्ष ठकुरीले बताए ।55
सन् २००२ मा अन्डर १५ टोलीबाट क्रिकेट करियर सुरु गरेका क्षेत्रीले सन् २००५ मा अन्डर १९ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००६ मा मलेसियामा भएको एसीसी ट्रफीमा सिनियर टोलीबाट पहिलो खेल खेलेका क्षेत्री, नेपालको ट्वान्टी ट्वान्टी विश्वकप छनोट यात्राका सदस्य थिए ।
सम्मानित भएपछि प्रतिक्रिया दिदै क्रिकेटर क्षेत्रीले आफुले खेलजिवनमा पाएको सबै भन्दा ठुलो सम्मानको रुपमा व्याख्या गर्दै आयोजक संस्था क्रियटिभ ह्याण्ड्सलाई धन्यवाद दिए । आफुले खेल जिवनमा ठुलो संघर्ष गरेको बताउदै उनले यस प्रकारको सम्मानले आफुमा उर्जा प्राप्त भएको उल्लेख गरे । उनले भने, ‘खेल जिवनमा मैले ठुलो संघर्ष गरेको छु । निकै दुख पाएको छु तर आज सम्मानित हुदाँ निकै उर्जा प्राप्त भएको छ । देशका लागि अझै मेहनत गर्नेछु ।’
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले क्रिकेटर क्षेत्रीले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै खेलाडीको सम्मानका लागि आयोजक संस्थाले गरेको प्रयासको प्रशंसा गरे । उनले भने, नेपाली खेलकुद लागि आयोजक संस्थाको योगदान निरन्तर रहोस । राखेप सदैव सहयोगका लागि तयार छ ।’
शसस्त्र प्रहरीका पुर्व प्रमुख श्रेष्ठले नेपालगन्जले नेपाली खेलकुदमा आफनो बेग्लै परिचयलाई स्थापित गरेको बताए । नेपालगन्जलाई विश्व सामु चिनाउने खेलाडीलाई सम्मान गर्न पाउनु पश्चिम बासीको गर्वको कुरा भएको श्रेष्ठले बताए ।44
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले यस प्रकारको सम्मान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । सम्मान कार्यक्रम आयोजना गर्न विभिन्न व्यक्ती र संस्थाले सहयोग गरेको स्मरण गर्दै उनले सबैको साथ र सहयोगले कार्यक्रम गर्न सफल भएको बताए । खेल र खेलाडीलाई सम्मान गर्ने कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष आचार्यले क्रियटिभ ह्यान्डसले गरेको अवार्ड अन्य खेलक्षेत्रका खेलाडीलाई उर्जा थप्ने गरेको बताए । मञ्चका निवर्तमान अध्यक्ष फुयालले सम्मानले खेलाडीलाई भविष्यमा थप सफलता हासिल गर्न र नयाँ पुस्तालाई प्रेरणा थप्ने बताए ।
पश्चिम नेपालको बाँके जिल्लाबाट खेलक्षेत्रमा योगदान पु¥याएका खेलाडी तथा खेलकर्मीलाई आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले सम्मान गर्दै आएको छ । ग्रुपले यसअघि महिला क्रिकेटर नेरी थापा मगरलाई समेत स्कुटर सहित सम्मान गरेको थियो ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा पश्चिम क्षेत्रको खेलाडीले महत्वपुर्ण सफलता हासिल गरेकोले अवार्डको हकदार भएको बताए । उनले भने, ‘हामीलाइ खुसी लाग्छ पश्चिम क्षेत्रमा खेल र खेलाडीलाइ माया गर्ने धेरै दर्शक र शुभेच्छक छन । सम्मान पाउनेमा पश्चिमको खेलाडी भाग्यमानी छ । यस्ता सम्मानले खेलाडीलाई हौसला थप्छ । यो सम्मान सम्पुर्ण खेलाडीको सम्मान हो । यसले निरन्तरता पाओस भन्ने शुभकामना दिन चाहन्छौं ।’ क्रियटिभ ह्याण्ड्ले नेपालगञ्ज सहरमा हाफ म्याराथन, अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल गर्दै आएको छ । संस्थाले प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा सहयोग समेत गर्दै आएको छ ।