Everest Bank Ad

कीर्तिमानमा सुधार गरे नगद पुरस्कार

Friday, July 22nd, 2016

काठमाडौं, साउन ७
रियो ओलम्पिक खेल्ने तयारी गरिरहेका पौडी खेलाडीलाई नेपाल पौडी संघले नगद पुरस्कार घोषणा गरेको छ । ब्राजिलमा हुने रियो ओलम्पिकमा नेपालको तर्फबाट शिरिष गुरुङ र गौरिका सिंहले प्रतिस्पर्धा गदैछन ।

ओलम्पिकको दौरान आफनो नाममा रहेको कीर्तिमानमा सुधार गरे २५ हजार र संघले दिएको लक्ष्य पुरा गरे ५० हजार खेलाडी पाउने नेपाल पौडी संघका अध्यक्ष अशोकमान बज्राचार्यले बताए ।
रियो ओलम्पिकमा शिरिषले १०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन । शिरिषले १०० मिटर फ्रिस्टायल ००.५८.२२ सेकेन्डमा पुरा गदै २१औैैं राष्ट्रिय खुला तथा अन्तर विद्यालय पौडी च्याम्पियनसिपमा स्वर्ण जितेको थिए । रियो ओलम्पिकमा शिरिष १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन ।
शिरिषले ००.५६.०० सेकेन्डमा निर्धारित दुरी पुरा गरे  संघले ५० हजार रुपैयाँ प्रदान गर्ने बताएको छ । यसैगरी गौरिकाले १०० मिटर १.०७.३१ सेकेन्ड पुरा गदै कीर्तिमान बनाएकी छिन । उनले १.०५.०० सेकेन्ड पुरा गरे ५० हजार पाउने संघले घोषणा गरेको छ ।
नेपाली पौडीमा १३ वर्षेको उमेरमा कीर्तिमानी सफलता प्राप्त गर्ने खेलाडी हुन गौरिकाले ।

नेपालले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा जितेको सबै चार पदक गौरिकाले जितेकी थिइन । गौरिकाले १ रजत र ३ कास्य पदक जितेकी थिइन । उनले २०० मिटर ब्यक्तिगत मिडलेमा रजत, ४०० मिटर फ्रिस्टायल, १०० र २०० मिटर ब्याकस्ट्रोकमा कास्य हासिल गरेकी थिइन ।
रियो द जेनेरियोमा हुने ओलम्पिकको लागी गौरिका आफनो परिवारसँगै लन्डनमा बसेर ओलम्पिकको तयारी गरिरहेकी छिन । शिरिषले बैंककमा १४ महिना बैदेशिक प्रशिक्षण गरेर फर्किएका छन । शिरिष ओलम्पिकको छात्रवृतिमा प्रशिक्षणका लागी बैंकक गएका थिए ।
गौरिका र शिरिष ओलम्पिकका लागी जुलाइ ३१ मा जाने कार्यक्रम छ ।