NTC Ad

काठमान्डौं च्याम्पियन, सागर र बिपना उत्कृष्ट

Wednesday, November 1st, 2017

काठमाडौं, कात्तिक १५ गते–
प्रथम मध्यामञ्चलस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । ललितपुरको लुभुस्थित नमुना इङ्लिस स्कुलको प्रांगणमा भएको प्रतियोगितामा ८ स्वर्ण, तीन रजत र ५ कांश्य पदक जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । यसैगरी ६ स्वर्ण, ५ रजत र ६ कांश्य जित्दै भक्तपुर दोस्रो भयो । प्रतियोगितामा पुरुषतर्फ सागर कुँवर र महिलातर्फ विपना थापामगर उत्कृष्ट खेलाडी चुनिए ।
दुई दिने प्रतियोगिता समयमै समाप्त नभए पछि कृतिम प्रकाशका माध्यमबाट खेलाइएर बेलुका सम्पन्न भएको थियो । मंगलवार नै विजेतालाई नेपाल इन्टरनेसनल तेक्वान्दो (आइटीएफ) संघका केन्द्रीय अध्यक्ष अञ्जन धमला,महालक्ष्मी नगरपालिका लुभुका वडा अध्यक्ष विश्वराज श्रेष्ठ, आयोजक नमुना इङ्लिस स्कुलका प्रिन्सिपल केके मल्ललगायतले पुरस्कार वितरण गरे ।
बक्सिङ टोली भियतनाम पुगे
एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली बक्सिङ टोली भियतनामको हो चि मिन शहर पुगेका छन् । थाइल्यान्डको बैंककमा दुई साताको विशेतयारीपछि नेपाली टोली भियतनाम पुगेको हो । च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ललिता महर्जनले ४८ केजी तौल समूहमा विमला श्रेष्ठले ५४ केजी, संगीता सुनारले ६० र पुनम रावलले ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर र सहायक प्रशिक्षकमा दीपक महर्जन रहेका छन् । यसैगरी टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका उपाध्यक्ष किरण श्रेष्ठ र कोषाध्यक्ष गौतम सुजखु रहेका छन् ।