Everest Bank Ad

करणलाई समर्थकको सम्मान

Tuesday, September 18th, 2018

रंगशाला सम्वाददाता

काठमाडौं, भदौ ३१

करण केसीले क्यानाडा विरुद्ध विश्व क्रिकेट लिग डिभिजन २ मा खेलेको इनिङ कसैले बिर्सेको छ ?  नेपाली क्रिकेटबारे सामान्य जानकारी राख्नेले पनि यो विषय कहिल्यै भुल्न सक्दैनन्।

नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्रामा महत्वपूर्ण कोशेढुंगा सावित भएको क्यानाडा विरुद्धको सो खेलमा उनले हार सुनिश्चित जस्तै बनिसकेको खेलमा अविश्वसनिय प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण एक विकेटले जित दिलाएका थिए।

cricket

उनै करणलाई नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) ले नगद १ लाखसहित विशेष सम्मान प्रदान गरेको छ। आफ्ना सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा एनसीसीएसएसले उनलाई सम्मान गरेको हो।

त्यस्तै युवा खेलाडी हरि चौहानलाई २५ हजारसहित उदाउँदा खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको थियो।

एनसीएसएसका अध्यक्ष भानु सिग्देल र स्वर्गीय प्रमोदकी दिदी सन्जु बज्राचार्यले उनीहरुलाई एक समारोह बिच सम्मान गरेका थिए। उक्त अवसरमा एनसिएसएसले आफ्ना स्वयमसेवक  सदस्य महेन्द्र गुरुङलाई पनि प्रशंसा पत्र प्रदान गरेको थियो।