Everest Bank Ad

ओलम्पिकमा शिरिषको राष्ट्रिय कीर्तिमान

Tuesday, August 9th, 2016

काठमाडौं, साउन २५
रियो ओलम्पिक यात्रालाई सुखद बनाउने क्रममा शिरिष गुरुङले मंगलबार राष्ट्रिय कीर्तिमानमा सुधार गरेको छन । ब्राजिलमा भैरहेको ओम्पिकमा शिरिषले १ सय मिटर फ्रिस्टायलमा ५७.७६ सेकेन्डको कीर्तिमान बनाएका छन ।

उनले आफनै नामममा रहेको कीर्तिमानलाई उछिनेका हुन । यस अघि उनको नाममा ५८.२२ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नेपाली पौडीमा शिरिषलाई कीर्तिमान खेलाडीको रुपमा चिनिन्छ ।

रियो ओलम्पिकमा शिरिष अघि जुडोकी फुपुल्हामु खत्रीले ४ मिनेट पुरा समय खेल्दै राष्ट्रिय कीर्तिमान बनाएकी छिन । यसअघि नेपाली जुडो खेलाडी पुरा समय म्याटमा टिक्न सकेको थिएनन ।