Everest Bank Ad

एमेच्योर गल्फ खेल्न नेपाली टोली ढाका प्रस्थान

Sunday, January 1st, 2017

काठमाडौं, पुस १७(रंगशाला)  बंगलादेशको ढाकामा जनवरी ४ देखि ७ तारिखसम्म सञ्चालन हुने ३१ औं बंगलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
कुरमिटोला गल्फ क्लबमा सञ्चालन हुने प्रतियोगितामा नेपाली एमेच्योर सुक्र बहादुर राई, टंक बहादुर कार्की, र्पथ्वी मल्ल र तेन्जिङ छिरिङले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले ब्यक्तिगत र समुहगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको प्रशिक्षकमा तासी घले छन् । उक्त अवसरमा बंगलादेशका दक्षिण एसियाली गल्फ महासंघको समेत मिटिङ हुनेछ ।

मिटिङमा नेपालको प्रतिनिधित्व नेपाल गल्फ संघका अध्यक्ष मधुकर याक्थुम्बाले गर्नेछन् । याक्थुम्बा पनि टोलीसँगै बंगलादेश गएका छन् । बैठकले दक्षिण एसियाली देशमा गल्फ खेलको विकासबारे छलफल हुनेछ । नेपाली टोली आइतबार ढाका प्रस्थान गरेको हो ।