Everest Bank Ad

एमेच्योर गल्फ आइतबार देखी

Saturday, March 26th, 2016

काठमाडौं, चैत १४

नेपाल गल्फ संघको आयोजनामा आइतबारदेखि पाँंचौं नेपाल एमच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलोश, थाइल्याण्ड र हङकङका ४५ जना खेलाडीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव तासी घलेले बताए ।

भारत र बंगलादेशबाट शिर्ष वरियताका चारचारजना, भुटानका तीन, थाइल्याण्डका दुई र हङकङबाट एकजना खेलाडी सहभागी बन्न्ेछन् । कूल ५४ होलको तीनदिने प्रतियोगितामा ३६ होलपछि ३० जना खेलाडी फाइनल चरणमा प्रवेश गर्नेछन् ।

नेपालका सबै गल्फ क्लबको प्रतिनिधित्व हुनेगरी अधिकतम १५ ह्यान्डीक्याप सम्मका ३२ जना खेलाडीलाई सहभागिताको मौका दिईएको जानकारी प्रतियोगिताका प्राविधिक संयोजक चुडाबहादुर भण्डारीले दिए ।सहभागी खेलाडीले समुह र एकल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन । समुह स्पर्धामा नेपालले दुई समुह बनाएको छ ।

समुह ‘ए’ को नेतृत्व तासी छिरिङले गर्नेछन् । समुह ‘बी’ बाट सुक्रराज राईले प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा ग्रस, समुह र नेट विधाका विजेता, उपविजेता र तेस्रो हुनेले ट्रफी र आर्कषक उपहार हात पार्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने नेपाली खेलाडीले यसैबर्ष हङकङमा आयोजना हुने एसिएन एमेच्योर गल्फ प्रतियोगितामा भाग लिन पाउनेछ । यसैगरी उत्कृष्ट चारमा रहने खेलाडीलाई सूर्य नेपाल मास्र्टस गल्फ प्रतियोगितामा सहभागि गराईनेछ ।