Everest Bank Ad

एन्जल्स हर्ट र नेबा सेमिफाइनलमा

Tuesday, July 18th, 2017

काठमाडौं, साउन ३ गते

आयोजक एन्जल्स हर्ट र नेबा ‘ए’ प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हर्टले जेभियर इन्टरनेसनल कलेजलाई ५३–३६ ले पराजित गयो । विजयी टिमका लागि निकेश मगरले सर्वाधिक ३० अंक जोडे । सुजन लिम्बूको २२ अंक सहयोगमा नेबा ‘ए’ ले प्राइमलाई ५०–४४ ले हरायो ।

यु–१८ एन्जल्स हर्ट कप बास्केटबलमा एन्जल्स हर्ट (सेतो) र जेभियरबीचको खेल । तस्बिरः रंगशालाडटकम

यु–१८ एन्जल्स हर्ट कप बास्केटबलमा एन्जल्स हर्ट (सेतो) र जेभियरबीचको खेल । तस्बिरः रंगशालाडटकम

त्यसैगरी, जुबिलियन्ट र टाइम्स पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
जुबिलियन्टले लिभरपुल इन्टरनेसनल कलेजमाथि ५२–५० को कठिन जित दर्ता ग¥यो । विजेताका अनुपकुमार सुवालले १४ स्कोर गरे । टाइम्सले नेबा ‘बी’ को यात्रा ३७–२७ ले पूर्णविराम लगायो । जितमा मनीष केसीले १७ अंक योगदान गरे । सेमिफाइनलमा जुबिलियन्टको भेट टाइम्ससंग हुने भने नेबा ‘ए’ ले एन्जल्स हर्ट विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।