Everest Bank Ad

एन्जल्स हर्ट र नेबा क्वाटरफाइनलमा

Monday, July 17th, 2017

काठमाडौं, साउन २ गते–
आयोजक एन्जल्स हर्ट र नेबा ‘ए’ प्रथम एन्जल्स हर्ट कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यु–१८ एन्जल्स हर्ट कप बास्केटबलको सीसीआरसी विरुद्ध बल बढाउदै एन्जल्स हर्टका खेलाडी । तस्बिरः रंगशालाडटकम

यु–१८ एन्जल्स हर्ट कप बास्केटबलको सीसीआरसी विरुद्ध बल बढाउदै एन्जल्स हर्टका खेलाडी । तस्बिरः रंगशालाडटकम

एन्जल्स हर्टले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ४३–२९ ले पराजित गयो । एन्जल्स हर्टको जितमा निकेश मगरले १९ अंक योगदान गरे । अभिषेक सिंहको २१ अंक सहयोगमा नेबा ‘ए’ ले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ५७–३९ ले हरायो ।
क्वाटरफाइनलमा नेबा ‘ए’ को भेट प्राइमसंग हुनेछ भने एन्जल्स हर्टले जेभियर इन्टरनेसनल कलेज विरुद्ध प्रतिस्पर्धा गर्नेछ । बाँकी क्वाटरफाइनल जुबिलियन्ट र लिभरपुल तथा टाइम्स र नेबा ‘बी’ बीच हुनेछ ।