Everest Bank Ad

आयोजक मोर्डन स्कुल टेबल टेनिसमा च्याम्पियन

Thursday, November 16th, 2017

काठमाडौं, कात्तिक ३० गते–
मोर्डन स्कुल अन्तर स्कुल खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा आयोजक मोर्डन च्याम्पियन भएको छ ।  बिहिबार मोर्डन इन्डियनको ब्वाइज टोलीले त्रियोगलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।
जुनियर गल्र्स तर्फको फाइनलमा त्रियोगकी अश्मा पाण्डेले डिएभीकी लस्ता श्रेष्ठलाई ३–० ले हराइन । बास्केटबलमा सेन्ट जेभियर्स र ह्वाइटहाउसले दोहोरो जित हासिल गरेको छन । सेन्ट जेभियर्सले  केएमसीलाई ५२–२० ले हरायो ।
अर्को खेलमा सेन्ट जेभियर्सले केन्द्रिय विद्यालयलाई ३३–६ ले सहजै हरायो ।  ह्वाइटहाउसले मोर्डन इन्डियन स्कुललाई ३९–३४ ले र केएमसीलाई ४९–२३ ले पराजित ग¥यो ।IMG_3911
फुटबलमा क्रियटिभले केन्द्रिय विद्यालयलाई ३–१ ले हरायो । अर्को खेलमा आइडल मोडलले सेन्ट जेभियर्सलाई ३–२ गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।
आइतबार सम्म चल्ने प्रतियोगितामा फुटबल, टेबल टेनिस र बास्केटबल समावेश गरिएको आयोजक मोर्डन इन्डियन स्कुलका खेल शिक्षक नरेश रावलले बताए । रावलका अनुसार १२ विद्यालयका २ सय ५० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छन ।