Everest Bank Ad

आइभेरियन फुटबलर खप्तड गोल्ड कप खेल्दै

Wednesday, January 3rd, 2018

सीताराम ओझा,
धनगढी, पुस १९
पर्सिदेखि धनगढी रंगशालामा आयोजना हुने निजि क्षेत्रको सर्वाधिक सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ मा भाग लिन टोलीहरु धनगढी आउन थालेका छन ।
शुक्रबार धनगढी रंगशालामा उद्घाटन हुने भएपनि प्रतियोगितामा सहभागी हुने टोलीहरु धनगढी पुगेका हुन उद्घाटन खेल खेल्ने काठमाण्डौको च्यासल युथ क्लव धनगढी पुगेको छ । उद्घाटन खेल खेल्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लववाट खेल्ने विदेशी खेलाडी पनि धनगढी आएका छन । आईवेरी कोष्टका राष्ट्रिय खेलाडी आरोन पनि गोल्डकप खेल्न धनगढी पुगेका छन ।FARWEST

उनी हाल भारतमा व्यवसायिक फुटवल खेल खेल्दै आएका छन । गोल्डकपमा भाग लिएका क्लवहरुमा विभिन्न विदेशी सहित नेपालका राष्ट्रिय खेलाडीहरु धनगढी आउदैछन । गोल्कडप खेल्ने टोली र प्राविधिक जनशक्तीहरु पनि धनगढी पुगेको र पुग्ने क्रम जारी रहेको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
तयारी पनि लगभग पुरा भएको अवस्थामा सहभागी टोली र अतिथिहरुको आउने क्रम सुरु भएको हो । खेल मैदान तयार भईसकेको छ भने अन्य आवश्यक सवै तयारी सकिने चरणमा रहेका छन । दुई दिनको समय वाकी रहँदा ९५ प्रतिशत तयारी सकिएको र केही सानातिना कामहरु गर्न मात्रै वाँकी रहेको छ । झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम प्याराफिट निर्माण गरिएको छ । झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण काय सकिएको छ ।
प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले प्रतिष्पर्धामा सहभागिता जनाउने भएका छन् । सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल तालिका पनि सार्वजनिक भईसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको च्यासल युथ क्लवका वीचमा हुने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा टिक काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।

ह्याण्डवल टोलीको विदाई
धनगढी, पुस १७
साप च्याम्पीयनसीप अन्तर्गत पुस १९ गतेदेखि २२ गतेसम्म पोखरामा हुने राष्ट्रिय ह्याण्डवल खेल्न जाने टोलीको विदाई गरिएको छ । १८ औं महिला तथा ९ औं पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागी हुने पुरुष र महिला टोलीको एक कार्यक्रम गरी आज धनगढीमा विदाई गरिएको हो । कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह लगायतका खेल पदाधिकारीहरुले दुवै टोलीको विदाई गर्दै जितको शुभकामना दिनुभएको छ । विदाई कार्यक्रममा ह्याण्डवलका वरिष्ठ प्रशिक्षक रामेश्वर श्रेष्ठ, संघका पुर्व केन्द्रिय सदस्य कुवेरजित साउँद, क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्ल, कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख टोपवहादुर विष्ट ह्याण्डवलका रेफ्री विदेश चौधरी लगायतले टोलीको विदाई गरेको कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।