NTC Ad

आइएमइ इपिएलको सहप्रायोजक

Sunday, September 24th, 2017

काठमाडौं, असोज ८ गते– नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशी भएको एभरेस्ट प्रिमियर लिगको अक्सनमा सहभागी हुने खेलाडीका लागि भोली देखी दर्ता प्रकृया खुला हुने भएको छ ।

खेलाडीले कसरी अक्सनमा सहभागी हुने भन्ने बारे जानकारी गराइयो । इपिएलको आधिकारिक वेभसाइड मार्फत खेलाडीले आफ्नो नाम अक्सनका लागि दर्ता गर्न सक्नेछन । दर्ता गर्ने समय असोज २३ गते सम्म रहेको छ ।

खेलाडीले कसरी अक्सनमा सहभागी हुने भन्ने बारे जानकारी गराइयो । इपिएलको आधिकारिक वेभसाइड मार्फत खेलाडीले आफ्नो नाम अक्सनका लागि दर्ता गर्न सक्नेछन । दर्ता गर्ने समय असोज २३ गते सम्म रहेको छ ।
अक्सनमा सहभागी हुनका लागि खेलाडीलाइ तीन क्याटोगोरीमा विभाजन गरिएको छ ।
ए क्याटोगोरीमा राष्ट्रिय टिममा सहभागी खेलाडीलाइ राखिएको छ । उनीहरुको मुल्य एक लाख बाट सुरु भएर एक लाख २५ हजार सम्म तोकिएको छ ।

यस्तै बी क्याटोगोरीमा उमेर समहुमा नेपालको प्रतिनिधित्व गरेका खेलाडी पर्नेछन । सी मा पछिल्लो पांच वर्षको अवधिमा भएका राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले आफ्नो नाम अक्सनका लागि दर्तौ गराउन सक्नेछ । अक्सन कात्तिक ६ गते हुनेछन । अक्सनमा मार्की र विदेशी खेलाडी बाहेक ७० जना खेलाडीलाइ समावेश गरिन्छ ।

आयोजकले यसअघिनै इपिएलमा सहभागीता जनाउने ६ शहरका ६ टिम र कार्मी प्लेयरको नाम सावर्जनकि गरिसकेको छ ।
मार्कि खेलाडीमा पारस खड्का, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी रहेका छन काठमाडौं किंस इलाभेनमा सोमपाल ललितपुर प्याट्रियट्समा ज्ञानेन्द्र मार्कि प्लेयरका रुपमा रहेका छन । यस्तै विराटनगरको विशाल वारियर्समा पारस खड्का, भैरहवा ग्लाडियटर्समा शरद भेषावकर , पोखरा राइनोजमा शक्ति गौचन र चितवन टाइगर्समा दिपेन्द्र रहेका छन । डिसेम्बरमा हुने प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार पाउनेछ । यसैगरी आइतबार इन्टरनेशनल मनी एक्सप्रेस आइ एम इ ले इपिएललाइ सहप्रयोजन गर्ने भएको छ । इपिएल र आइ एम इ बीच पनि सम्झौता भएको छ ।