Everest Bank Ad

अष्ट्रेलियाको प्रिमियर लिग सुनमको शतक

Wednesday, November 14th, 2018

sunamकाठमाडौं,कार्तिक २५
अष्ट्रेलियाको घरेलु क्रिकेटमा शतक प्रहार गरेपछि पुर्व यु-१९ राष्ट्रिय खेलाडी सुनम गौतमको चर्चा चुलिएको छ। अष्ट्रेलियाको घरेलु प्रतियोगिता भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजको टोलीबाट खेल्दै सुनमले शतक बनाएका हुन्। अष्ट्रेलियाको कुनैपनि स्तरको क्रिकेटमा नेपाली खेलाडीले बनाएको यो पहिलो शतक हो।
प्रतियोगिताको पाँचौ चरणको खेलमा विपक्षी प्रह्रणले ५ विकेट गुमाएर ३६६ रन जोड्दै इनिंग समाप्तिको घोषणा गरेको थियो। जवाफी ब्याटिंगमा उत्रिएको कंगारुजले ९७ ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ३०९ रन जोडेपछी खेल बराबरीमा टुंगिएको हो। जसमा सुनमले सर्वाधिक १०६ रन जोडे। चौथो नम्बरमा ब्याटिंग गर्न उत्रिएका उनले ११३ बलको सामना गर्दै १२ चौका प्रहार गरेका थिए।
यस सिजन ६ खेल खेलेका सुनमले उत्कृस्ट लयमा रहँदै २६९ रन बनाएका छन्। यस्तै बलिंगतर्फ समेत सुनमको नाममा ९ विकेट रहेको छ।
नेपालमा रहंदा सुनमले उमेर समुहको यु-१७ र यु-१९ टोलीबाट खेल्दै राष्ट्रको प्रतिनिधित्व गरेका छन्।