Everest Bank Ad

अमृत र अरहान्त फाइनलमा

Friday, December 29th, 2017

काठमाडौं, पुस १४ गते
पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका अरहान्तकेशर सिम्ह राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पुरुष÷महिला दुवैको फाइनल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ ।
सेमिफाइनलमा अमृतले मध्यमाञ्चलका राजेन्द्र शाकयलाई ११–६, ११–८ र ११–६ तथा अरहान्तले मध्यमाञ्चलका छिरी लामालाई ११–६, ११–३ र ११–६ को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन् ।
अमृतकी दिदी कृष्णाले मध्यमाञ्चलकी विपना ब्लोनलाई ११–६, १०–१२, १२–१०, ४–११ र ११–८ तथा भावनाले मध्यमाञ्चलकै स्वस्थानी श्रेष्ठलाई ११–६, ११–२ र ११–१ को सेटमा हराए । फाइनल शनिबार हुनेछ ।