NTC Ad

अभिलाषा र गंगाको जोड़ी सेमीफाइनलमा

Wednesday, October 11th, 2017

काठमाडौं, आसोज २५ गते–
अभिलाषा विष्ट र गंगा शर्माको जोडी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
महिला डबल्स अन्तर्गत बुधबार भएको खेलमा अभिलाषा र गंगाको जोडीले सुभाङ्गी लक्ष्मी शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै पुरुष डब्लसको स्पर्धामा विजय श्रेष्ठ र छेवांग लामाको जोडीले मुक्ति गुरुंग र सुब्रत बस्नेतको जोडीलाई ७–६,६–४ ले हराउँदा प्रदीप लामा र राज लामाको जोडीले आरभ हाडा र आर्यन्ग गिरीको जोडीलाई ६–१, ६–३ ले तथा सुनीत गिरी र जयजिभ गिरीको जोडीले गौरी शंकर श्रेष्ठ र राजेश छेत्रीको जोडीलाई ६–२, ६–३ ले पराजित गरे ।

IMG_1102
प्रतियोगिताको पुरुष सिंगल्सको प्रतिस्पर्धामा प्रदीप खड्काले विजय श्रेष्ठलाई ६–१, ६–१ ले हराउँदा सुब्रत बस्नेतले मुक्तिसेन गुरुंगलाई ६–३, ७–५ ले तथा महेश श्रेष्ठले रोशन केसीलाई ६–१, ६–० ले पाखा लगाए ।

यसै गरी सन्तोष खत्रीले जयजिभ हाडालाई ६–१,६–० ले हराउँदा कमल भण्डारीले आदित सुवेदीलाई ६–१, ६–० ले तथा श्रीराम मगरले मानबहादुर कटुवाललाई ६–१, ६–१ ले पराजित गरे । पुरुष सिंगल्स तर्फको अन्य खेलमा गौरव प्रताप शाहीले अभिनव आचार्यमाथि ६–०, ६–० को जित निकाल्दा प्रणव खनालले सीमान्त गुरुंगलाई ६–२, ६–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताको महिला सिंगल्स अन्तर्गत भएको खेलमा गंगा महर्जनले बिजीशा श्रेष्ठलाई ६–३, ६–४ ले पराजित गर्दा प्रेरणा कोइरालाले भगवती बिकेलाई ६–३, ६–१ ले हराईन् ।

यसैगरी मायान्का राणाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–०, ६–१ ले तथा माहिका राणाले सलोनी तामांगलाई ६–१,६–४ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरिन् ।