Everest Bank Ad

अन्तर विद्यालय बुद्धिचाल सुरु

Saturday, March 26th, 2016

फाल्गुन, ७

नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय, ललितपुरमा विचार दिवसको उपलक्ष्यमा जिल्ला बुद्धिचाल संघ ललितपुरको संयुक्त आयोजनामा आज शुक्रबार देखि अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सुरु भयो ।

आज दोस्रो चरणको खेल सम्पन्न हु“दा गौरी शंकर स्कुलका रजत दुलाल, ज्ञानोदय स्कुलका प्रथम रावल, फयुचर स्टार्स स्कुलका युनिक महर्जन, क्याम्पियन स्कुलका पेरिसा ताम्राकारले दुवै खेलमा सफलता प्राप्त गरि २ अंक जोडेका छन् ।

त्यसैगरी २ अंक प्रँप्त गर्नेहरुमा संजोग नेपाल, अनुराग केसी, युगेश श्रेष्ठ, उत्वर्ष श्रेष्ठ, रौनक महर्जन, रञ्जित यादव रहेका छन् । यस अघि जिल्ला बुद्धिचाल संघ, ललितपुरका अध्यक्ष तथा स्काउट शिक्षक श्री गोपाल महर्जनको सभाध्यक्षमा भएको प्रतियोगिताको उद्घाटन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव श्री हेराकाजी महर्जनले गर्नु भएको थियो । प्रतियोगितामा ३५ वटा विद्यालयका ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा जिल्ला स्काउट ललितपुरका कार्य समिति सदस्य श्री शान्ति कुमारी महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन स्काउट शिक्षक श्री श्याम कुमार महर्जनले गर्नु भएको थियो । प्रतियोगितामा बुद्धिचाल संघ ललितपुर सदस्य श्री गोपाल महर्जन, नेपाल बुद्धिचाल च्याम्पियन श्री केशव श्रेष्ठ तथा वरिष्ठ बुद्धिचाल खेलाडी श्री शिरोमणि बज्राचार्यले निर्णायकको भुमिका निभाउनु भएको थियो भने सहभागि स्काउट भाईबहिनीहरुलाई स्काउटर श्री निरज मण्डल, ङेमा सिंह तामाङ, अर्जुन बस्नेत, पपिन्द्र मान सिंह आदिले सहयोग गर्नु भएको थियो ।